सन्तोषीको दौड : २१ किमि दौडमा कोर्स रेकर्ड
अखबार टुडे
प्रकाशित:
२०८०, ५ फाल्गुन

पोखरा । पोखरामा आयोेजित ‘१८औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत महिलाहरुको २१ किलोमिटर दौडमा सन्तोषी श्रेष्ठले कोर्स रेकर्ड दर्ता गरेकी छन् ।

सन्तोषीले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा उक्त दूरी पार गर्दै नगद १ लाख ५० हजार प्राप्त गरिन् । यस्तै, २१ किमि महिलातर्फ केन्याली अविजल जेरोप १ घन्टा १९ मिनेट २ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भइन् भने राममाया बुढाले १ घण्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो र १ घन्टा २१ मिनेट ७ सेकेण्डमा दूरी पार गरेकी फुलमती राना चौथो भइन् ।

यस्तै, पुरुषतर्फ १० किलोमिटर दौडमा ३१ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै टंकबहादुर कार्की प्रथम भए भने सुवास कार्की ३२ मिनेट ३७ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र सञ्जीव नेपाली ३३ मिनेट २९ सेकेण्डमा दूरी पार गरेर तेस्रो भए ।

महिलातर्फकै १० किलोमिटर दौडमा ४२ मिनेट १६ सेकेण्डमा दूरी पार गर्दै आशा रावत पहिलो भइन् भने ४२ मिनेट २४ सेकेण्डमा दूरी पार गरेर सीमा चौधरी दोस्रो र ४४ मिनेट २१ सेकेण्डमा दूरी पार गर्दै नम्रता गुरुङ तेस्रो भइन् ।

यस्तै, ५ किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तेस्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जिला जिटी तेस्रो भए ।

यसैगरी, ५ किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निमबहादुर थापा क्रमश पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पंगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

प्रतिक्रिया