फागुन १२ र १७ गते चलचित्र ‘सुगुप’ देखाइने (ट्रेलरसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ४ फाल्गुन

काठमाडौं । लिम्बू संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘सुगुप’ यही फागुन १२ गते शनिबार र १७ गते बिहीबार विशेष प्रदर्शन गरिने भएको छ ।

लोकेन साँवाद्वारा निर्देशित यो चलचित्र किरात याक्थुङ चुम्लुङ उपत्यका समिति काठमाडौं, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा कमल पोखरीस्थित बिग मुभिज सिनेमाज सिटी सेन्टरमा बिशेष प्रदर्शन गर्न लागिएको निर्माणपक्षले जानकारी गराएको हो ।

चलचित्रमा लिम्बू समुदायमा प्रसव पीडा अर्थात सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा मृत्यु हुने महिलालाई ‘सुगुप’ भएको भन्ने चलन छ । 0‘सुगुप’ भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य संस्कारभन्दा अलग छ । सोही विषयलाई चलचित्र ‘सुगुप’मा उठान गर्न खोजिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक साँवाले बताए ।

चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, नीता लिम्बू, पन्ना आङबो, एमके योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पन्धाक, युवराज इस्बो, थानाहाङ तिगेला लगायतका कालाकारको अभिनय रहेको छ ।

यस चलचित्रको गीतमा शब्द यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ, पास्व÷संगीत अशोक लोहरुङ राई, स्वर राजेशपायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बू, मनु नेम्वाङ र सुमन लिम्बूको रहेको छ ।

यस्तै, चलचित्रमा पटकथा देवेन्द्र खापुङ (सुर्केली), छायाँकन युवराज राई, सम्पादन विपिन्न मल्ल र कलरिष्ट रेनिश फागो रहेका छन् । चलचित्रको प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिनकुमार नाल्बो लिम्ब, शैलेन्द्रकुमार नाल्बो र दिलमाया लाबुङ नाल्बो रहेका छन् । चलचित्रमा एलपी साँवा लिम्बू र मनिषा सुब्बा नाल्बोको सह निर्माण रहेको छ ।

कमल राईको नृत्य निर्देशन रहेको यस चलचित्रमा द्वन्द किशोर सम्बाहाङ्फे, कला निर्देशन निश्चल कुलुङ राई, मेकअप विजय लामा, सञ्जु थलङ र भेषभुषा बबिता नेयोङहाङको रहेको छ ।

नेपाललगायत भारतको आसामसमेत छायाँकन गरिएको यो चलचित्रको केही दिनअघि हङकङमा विशेष प्रदर्शन गरिएको थियो । यो चलचित्रलाई हङकङमा रुचाइएपछि निर्माणपक्ष उत्साहित भएका छन् ।

प्रतिक्रिया