कतारमा मेगास्टार राजेशपायललाई भव्य स्वागत, शुक्रबार धमाका मच्चाउने
अखबार टुडे
प्रकाशित:
२०८०, ३ फाल्गुन

काठमाडौं । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले १६ फेब्रुअरी अर्थात शुक्रबार कतारमा धमाका मच्चाउँदैछन् । सांगीतिक टुरका क्रममा दक्षिण कोरिया, हङकङ हुँदै कतार पुगेका ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल त्यहाँ नेपाल घेदुङ तामाङ दोहाले गर्ने सांगीतिक कार्यक्रममा धमाका मच्चाउने भएका हुन् ।

दोहा पुग्दा आयोजक संस्थाले राजेशपायललाई भव्य स्वागत गरेका थिए । हङकङबाट दोहा विमानस्थलमा ओर्लँदा मेगास्टार राजेशपायल राईलाई स्वागत गर्न नेपाल घेदुङ तामाङ कतारका अध्यक्ष विकास स्याङ्तानलगायतका पदाधिकारी फूलका गुच्छा र खादा लिएर पुगेका थिए ।

कार्यक्रममा राजेशपायलले नयाँ तथा पुराना गरी २५ देखि ३० वटासम्म गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष विकास स्याङ्तानले भने, ‘कार्यक्रमलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रममा राजेशपायलले आफ्ना चर्चित नयाँ र पुराना गरी २५ देखि ३० वटासम्म गीत प्रस्तुत गर्नेछन् ।’

कतारमा ‘राई इज किङ’सँगै उमंग लामा, मनमाया तामाङ, रेश्मा लामा लगायतका कलाकार पनि प्रस्तुत हुने आयोजकले जनाएको छ । तर, राजेशपायल कार्यक्रमको मुख्य आकर्षण रहनेछन् ।

नेपालमा समेत सर्वाधिक व्यस्त गायकका रुपमा चिनिएका राजेशपायलको विदेश कार्यक्रमको स्याडुअलसमेत उत्तिकै प्याक रहेको छ । कतारको कार्यक्रम सक्नेवित्तिकै राजेशपायलको ओमन, साइप्रस, मकाउ लगायतका मुलुकमा कार्यक्रम गर्ने स्याडुअल रहेको छ ।

प्रतिक्रिया