पहाडी भूभागमा वर्षा र हल्का हिमपातको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०८०, १ फाल्गुन

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव छ । जसका कारण आज मंगलबार देशका पहाडी भूभागमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।

मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ । यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया