
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे पदाधिकारी बैठकले बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।
उनका अनुसार प्रस्तावित मस्यौदा विधानमाथि स्थायी समितिबाट आएका सुझावसहित परिमार्जन गरी विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको छ । पदाधिकारीको सुझावपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले थप निर्णय गर्ने र बाँकी विषय अधिवेशनमा नै छलफल गर्ने शर्माले बताए ।
विधान अधिवेशन भोलि ९मंगलबार० बिहान ११ बजे प्रज्ञा भवनमा उद्घाटन हुने उनले बताए । शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकले मस्यौदा समायोजन गरी परिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।
बैठकमा पदाधिकारीहरूले आफैले निर्णय गर्नुभन्दा सुझावसहित अधिवेशनमा पेस गर्न जिम्मा दिएका थिए । माओवादी अधिवेशन तीन गनेसम्म सञ्चालन हुनेछ ।
