हुलाक सेवाका एक हजार ६३६ दरबन्दी कटौती
अखबार टुडे
प्रकाशित:
२०८०, २५ माघ

काठमाडौं । सरकारले हुलाक सेवाका दरबन्दी भारी मात्रामा कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हुलाक सेवाअन्तर्गतका एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यससँगै अब केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज हुनेछन् । प्रवक्ता शर्माका अनुसार एक पालिका, एक हुलाकको सांगठनिक संरचना परिवर्तन गर्ने र त्यसअनुसार हुलाकको संरचना परिवर्तन गर्ने निर्णय भएको हो ।

सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउँदा जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरू खारेज गर्ने र प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय राख्ने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयन गर्न यो निर्णय गरिएको मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया