सम्बन्धविच्छेद गर्ने काइदा यस्तो पो त !
अखबार टुडे
प्रकाशित:
२०८०, २५ माघ

काठमाडौं । कुनै समय बलिउडमा तहल्का मच्चाएका बलिउड अभिनेता धर्मेन्द्र र हेमा मालिनीकी छोरी अभिनेत्री इशा देओलले पति भरत तख्तानीसँग अलग भएको घोषणा गरेकी छन् ।

लामो समयदेखि यो जोडी अलग भएको खबर आइरहेको थियो । तर, त्यसको पुष्टि भएको थिएन । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इशा र भरतलाई लामो समयदेखि कुनै पार्टी वा कार्यक्रममा सँगै नदेखिएको बताउँदै आएका थिए । तर, अब उक्त हल्लाको पुष्टि गर्दै उनीहरूले छुट्टिएको घोषणा गरेका छन् । उनीहरुले आपसी सहमतिमै अलग हुने घोषणा गरेका हन् ।

छुट्टिने सम्बन्धमा उनीहरूले जारी गरेको संयुक्त सन्देशमा भनेका छन्, ‘हामीले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका हौँ । यो निर्णयमा हामीले हाम्रा दुवै सन्तानको हितमा सोचेका छौँ । ती दुवै हाम्रा लागि सधैँ प्राथमिकतामा रहनेछन् । हामी सबैसँग हाम्रो गोपनीयताको ख्याल गर्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया