निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानमा विस्फोटन, कम्तीमा २० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, २४ माघ

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २० जनाको मृत्यु भएको समाचारमा जनाएको छ । पाकिस्तानमा निर्वाचन हुन एकदिनअघि बुधबार बम बिष्फोट भएको हो । पाकिस्तानमा बिहीबार निर्वाचन हुँदैछ ।

बीबीसीको समाचाार उल्लेख भएअनुसार पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो । त्यसमा परी १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

यस्तै, दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ । त्यसमा परी आठ जनाको मृत्यु भएको समाचारमा बताइएको छ । दुवै घटनामा कैयौँ मानिसहरू घाइते भएका छन् ।\

पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू भएका छन् भने धाँधली गरिएको वा हुन लागेको आरोप पनि लगाइएको छ । पिशिनमा भएको आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । दोस्रो विस्फोटनबारे बिस्तारै थप जानकारी प्राप्त हुने थालेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया