एमालेले संसदहरुलाई ब्रिफिङ गर्दै
प्रकाशित:
२०८०, २० माघ
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि दुई दिनका लागि दलको बैठक बोलाइएको हो ।
आज १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको छ भने बोलि आइतबार पनि बैठक बस्ने गिरीको भनाइ छ । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसदमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण हुने बताइएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गरिने बताए ।
संसद्को तेस्रो अधिवेशन भोलि सोमबार सुरु हुँदैछ । यो अधिवेशनमा संघीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने तयारी छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार