स्वरोजगार लघुवित्तको बोनस सेयर घोषणा
अखबार टुडे
प्रकाशित:
२०८०, १६ माघ

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै सो बोनसको कर प्रयोजनार्थ कम्पनीले ०।३६८ प्रतिशत नगद लाभांश पनि छुट्याएको छ । कुल ४ करोड ६२ लाख रुपैयाँ बराबरको लाभांश लगानीकर्तालाई प्रदान हुने कम्पनीले जनाएको छ । बनेपामा प्रधान कार्यालय रहेको यस लघुवित्तको सेयर मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता ६५२ रुपैयाँ छ ।

प्रतिक्रिया