यस्तो छ माण्डबीको ‘आदत’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८०, २८ पुष

काठमाडौं । लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ ।

रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । प्रेमीकाले आफ्ना लागि प्रेमीकोसाथ अपरिहार्य रहेको समेत बताएकी छन् । गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ ।

भिडियोमा हास्य सिरियल ‘सक्किगोनी’को कलाकार प्रियाना आचार्य मुन्नी’, संजिव तामाङ, गीतकार डा.भामा देवकोटा शर्मा, डा. प्रमोद शर्मा, श्यामा देवकोटाको अभिनय छ । डा. प्रमोद शर्मा निर्माता रहेको भिडियोमा प्रेमीप्रेमीकोको रोमान्टिक प्रेमकथा देखाइएको छ ।

सञ्जिव तामाङको कोरियोग्राफी, विजय रुम्बा लामाको छायांकन तथा सम्पादन रहेको भिडियो संगीतकार विपिन आचार्यले नै निर्देशन गरेका हुन् । गीत अमेरिकामा रहेर नेपाली गीतसंगीत, साहित्य र संस्कृतिलाई माया गर्ने जोडी डा. भामा देवकोटा शर्मा र डा. प्रमोद शर्माको आधिकारिक युट्युव च्यानल प्रभामा क्रियसनबाट सार्वजनिक गरिएको हो ।

नेपाल र अमेरिकाको बिभिन्न स्थानमा छायांकन भएको भिडियोेको अमेरिका छायांकन चर्चित छायांकार रामेश्वर कार्कीले गरेका हुन् ।

प्रतिक्रिया