‘किन रुन्छ यो दिल’ (भिडियो)
प्रकाशित:
२०८०, २६ पुष

काठमाडौं । गायिका मिलन नेवार र गायक सन्तोष कालिकोटेको स्वरमा ‘किन रुन्छ यो दिल’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सुजनबाबु गुरुङको शब्द तथा संगीत र जीवन बडुको एरेञ्ज रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा अनिल कट्वाल र पुजन घिमिरेको असफल प्रेमकथालाई देखाइएको छ । नेपाली युवा जमातमा भएको पछिल्लो समयको बेरोजगारीको कारण बिदेशिनु पर्ने वाध्यता तथा विभिन्न भ्रमका कारण हुने मनमुटावले असफल पार्ने प्रेमकथालाई भिडियोको विषय बनाइएको छ । कथाअनुसार अनिल पुजनले अभिनयमा मेहनत गरेको देखिन्छ । कथा वियोगान्त छ ।
भिडियोमा बलराम परियार, बिमला लामा र सरोज तिमल्सिनाको समेत सह भूमिका रहेको छ । विजय लामाको टिमले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् भने धनबहादुर लामा (सागर)ले निर्देशन गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
