अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिकागो च्याप्टर अध्यक्षमा भिम राई
प्रकाशित:
२०८०, २१ पुष

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिकागो च्याप्टरको अध्यक्षमा भिम राई ‘प्रदेशी’ निर्वाचित भएका छन् । हालै सम्पन्न तेस्र्रो साधारण सभाले गीतकार भिमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले सन् २०१७ मा स्थापना भएको अनेसासले नेपाली भाषा र साहित्यिक उत्थानका लगि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
भिमको अध्यक्षतामा गठित अनेसास सिकागो च्याप्टरको अन्य पदाधिकारीहरुमा लक्ष्मण न्यौपाने वरिष्ठ उपाध्यक्ष, गोपाल जिसी उपाध्यक्ष, तुलसी मैनाली सभिव र मीनादेवी पाण्डे कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सारदा गौतम, निरज श्रेष्ठ, यादव न्यौपाने, भोजराज पाठक, समुद्र वास्कोटा, कृष्ण उप्रेती, दुर्गा घिमिरे, मञ्जु ढुंगाना र चन्द्रा न्यौपाने रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
