रीमा श्रेष्ठको नयाँ गीत ‘अधुरो सपना-२’ (भिडियोसहित)
प्रकाशित:
२०८०, १८ पुष

काठमाडौं । गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । रीमाको ्शब्द ‘अधुरो सपना’ सफलतापछि ‘धुरो सपना–२’ बोल गीतको भिडियो रिलिज गरिएको हो।
तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीतमा गायिका अन्जु पन्तको स्वर छ । अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ूअधुरो सपना–२ बोलको गीतको भिडियो देख्न सकिन्छ ।
यस गीतको निर्माता कुशल गुरुङ हुन् । दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन् । उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन बिकाश दाहालले गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने