‘फेसन फ्लायर’ले तातेको त्यो माहोल (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, ११ पुष

काठमाडौं । स्थान : सिटी सेन्टर, कमलपोखरी । क्रिष्टमस-डे अर्थात डिसेम्बर २५ । सोमबार साँझ दिन ढल्किँदै गर्दा सिटी सेन्टरको फस्ट फ्लोर फेसनमय बनेको थियो । मोडलहरु पुसको ठण्डीको बेप्रवाह सिल्क गाउनमा उपस्थित थिए ।

दिन ढल्किएसँगै चर्को म्युजिकको तालममा धिपधिपे बत्तीमा मोडलहरु ¥याम्पमा उत्रिएका थिए । मोडलहरु ¥याम्पमा उत्रिँदा चिसो मौसम पनि तातेको थियो ।

प्रशंग, क्रिष्टमस–डे स्पेशल फेसन शो थियो । क्रियटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलाजी (सीआईएफटी)को प्रस्तुतीमा आयोजित ‘फेसन फ्लायर’ शीर्षकमो शोमा विभिन्न सौन्दर्य प्रतियोगिताका शीर्ष विजेता तथा व्यवसायी मोडलहरु ¥याम्पमा उत्रिएका थिए । जहाँ क्रिष्टमस–डेको भिन्नै माहोत तातेको थियो । जसमा फेसन शोले थप रौनकता थपेको थियो ।

इभेन्ट मेनेजमेन्ट संस्था ग्यालेक्सी इन्टरटेनमेन्टका धिरज तन्दुकारको कोरियोग्राफीमा आयोजित फेसन शोमा ‘मिस ग्ल्याम वल्ड–२०२३’ आयुशा पोखरेल, ‘मिस एसिया–२०२३’ आयुश्मा बज्रचार्य, ‘मिस टुरिज्जम वल्र्ड–२०२३’ सजिना खनाल, ‘मिस टिन युनिभर्स–२०२३’ प्रतिक्षा डंगोल, रोजिका पौडेल, दिक्षाश्री केसी, सिर्जना केसी, सीता सुवेदी, निशा विष्ट, ‘मिसेस नेपाल–२०२३’ सरु राज्यलक्ष्मी राणालगायतका मोडलहरु ¥याम्पमा उत्रिएका थिए ।

सिटी सेन्टरको फस्ट फ्लोरमा आयोजित शोमा मोडलहरु समर पहिरनमा क्याटवाक गरेका थिए । मोडलहरु विभिन्न डिजाइनरले तयार पारेका पहिरनमा क्याटवाक गर्दा दर्शकको वाहवाही पाएका थिए ।

भिडियो हेर्न तल दिइएको लिंक क्लिक गर्नुस्

प्रतिक्रिया