हर्क साम्पाङको अभियानमा सेलिब्रेटीको साथ
अखबार टुडे
प्रकाशित:
२०८०, ९ पुष

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा-पारुहाङको प्रतिमा स्थापना अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफलमा गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई लगायतले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

यो अभियान साथ दिनका लागि उनीहरुले जनही १-१ लाख रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा सहभागी भएका थिए ।

अभिनेता दयाहाङले सुम्निमा(पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास ब्यक्त गरेका छन् । ‘हामीले किराँती दर्शनलाई जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङले भने ।

आइतबार भएको छलफलमा विल्सन उपस्थित हुन नपाए पनि आफ्नो पुर्ण समर्थन रहेको कुरा फेसबुकमा लेखेका छन् । किराँतको सुम्निमा(पारुहाङको एउटा इतिहास बोकेको प्रतिमा हामीलाई मात्रै हैन भावि पुस्तालाई पनि आवश्यक रहेको अभिनेता विल्सन विक्रम राईले बताएका छन । कलाकारको साथ पाउँदा धरानका मेयर साम्पाङले आफूलाई भाग्यमानी महसुस गरेको बताए ।

प्रतिक्रिया