दरबारको कथामा मिस पवी, आँचलको भूमिका के ?
अखबार टुडे
प्रकाशित:
२०८०, ६ पुष

काठमाडौं । नेपाली फिल्म ‘राजमहल’ घोषणा गरिएको छ । जुन फिल्ममा दरबारको कथामा आधारित हुने बताइएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच घोषणा गरिएको फिल्म ‘राजमहल’ कहाँको दरबारको कथा हो, त्यो बताइएको छैन ।

सबिनकुमार तोलांगी डेब्यु निर्देशन रहने यस फिल्ममा अभिनेत्री आँचल शर्मा, रमेश उप्रेती, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजयकुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी, सिम्रन पन्त र मिस पविलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । मिस पवी टिकटकमार्फत चर्चामा आएकी हुन् । यो उनको डेब्यू फिल्म हो ।

निर्माण पक्षले जानकारी दिएअनुसार फिल्मको लगानी करिब चार करोड रहेको छ । माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायाँकन सुरू गरिने भनिएको यो फिल्मको न्युजिल्यान्ड र नेपालमा फिल्मको छायाँकन हुने जनाएको छ ।

ऋषि लामिछाने कार्यकारी निर्माता रहेको यस फिल्मका निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ रहेका छन् ।

प्रतिक्रिया