प्याप्सनमा एनआईएमबीको डजिटल बैंकिङ सेवा
अखबार टुडे
प्रकाशित:
२०८०, २८ मंसिर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले निजि तथा आवसिय विद्यालयहरुको संस्था प्याप्सनमा डिजिटल बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै शो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यो व्यवस्था सँगै भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ । साथै, डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको वचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । हुन गैरहेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागित रहने छ ।

प्रतिक्रिया