पाक-कलाका सौखिनहरुको शो ‘सेफ नेपाल’
अखबार टुडे
प्रकाशित:
२०८०, २८ मंसिर

काठमाडौं । प्राकृतिक सम्पदाले धनी देश नेपाल साँस्कृतिक विविधता, भेषभुषा, रहन सहन, भाषा आदी मात्र नभएर पाक-सँस्कृतिमा पनि त्यति नै धनी छ ।

पाक-कला, पाक-सँस्कृति, बिभिन्न पक्वान्न र त्यसको वरिपरी रहेर टेलिभिजनको पर्दामा अहिले एउटा एकदमै नौलो कार्यक्रम संचालनमा रहेको छ । कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार राती ९ बजे ‘सेफ नेपाल’ नामक कार्यक्रम आउने गर्दछ । उक्त कार्यक्रम खाना पकाउने कला र खाना पकाउने कलाकारहरु बिचको प्रतिस्पर्धात्मक कार्यक्रम ।

नेपालकै यो पहिलो त्यस्तो कार्यक्रम हो जहाँ पकाउने, चखाउने, र सो क्रममा उत्कृष्ट प्रस्तुती दिने जमर्कोमा प्रतिस्पर्धिहरु लागेको देखिन्छ । अनगिन्ती टिभी रियालीटी शोहरु एक पछी अर्को गरी बिभिन्न टेलिभिजनमा आइरहदा “सेफ नेपाल“ देशकै पहिलो फुड रियालिटी शो भएको दाबी यस कार्यक्रमका रचयिता एवं निर्माता धर्मराज पाण्डेको रहेको छ ।

‘देशमा ३ दर्जन भन्दा धेरै टेलिभिजन च्यानल देखिन्छन्, पत्रकारिता जगत पनि ठुलो छ तर न त कुनै टेलिभिजन या पत्रपत्रीकाले नेपाली खानाको कार्यक्रम गरेको छ, न त कसैले यसलाई समाचारको बिषय नै देख्दछ’, निर्माता पाण्डे भन्छन्, ‘पाक-पत्रकारिताको अवधारणा नै नभएको र पाक-कलालाइ मनोरन्जन को बिधामा कसैले नराखेकोले हामिलाई यो शो एक मनोरन्जनात्मक कार्यक्रम हो भनेर दर्शक माझ पुर्याउन धेरै अप्ठेरो भएको छ, पाक-कला या पाक-मनोरन्जन बारे बुझेर लेखिदिने कोही रहेनछन् ।’

निर्माता धर्मराज पाण्डेको भनाइ धेरै हद सम्म सही पनि हो । टेलिभिजनका समाचारहरु राजनिती या त अन्य बिषय केन्द्रीत हुने गर्दछन् । मानव जिवनको प्रमुख आवश्यकता खाना को बिषय खासै समाचारको बिषय नभएको जस्तो नै देखिन्छ । पकाउने कार्य पनि एक कला हो तर यो कला बारे हामी तेती चर्चा पनि गर्दैनौँ । खाना हाम्रो जिवन सँग जोडिएको छ, जिवन शैली र रहन-सहन सँग जोडिएको छ, सँस्कृती र धर्म सँग जोडिएको छ, भौगोलिक विविधता सँग जोडिएको छ, पर्यटन र अर्थतन्त्र सँग पनि जोडिएको छ । तर संचार माध्यम सँग भने खाना जोडिन नसकेको गुनासो रहेको छ, सेफ नेपाल टिभी शो का निर्माता पाण्डेको ।

निर्माता पाण्डे कारीब १६ वर्ष देखी बिभिन्न पेशामा संलग्न रही पर्यटन र अतिथि सत्कार उद्योगलाई नजिक देखी नियालेको अनुभव सुनाउछन् । नेपाली पाक-उद्योगमा बिकास नै नभएको र खानामा देखिनु पर्ने कलाकारिता प्रस्फुटन नै हुन नसकेको देख्दा निर्माता पाण्डे बिदेशको जस्तै पाक-कला सम्वन्धी शो नेपालामा पनि गर्ने कोशिस गरेको अनुभव पनि सुनाउँछन् । ‘मैले २०१६ मा मास्टर सेफको प़m्रेञ्चाइज नेपालामा ल्याउन चाहेको थिए, तर नेपाली बाजार सानो भएकोले त्यस्तो शो अहिले पनि गर्न असम्भव नै छ । त्यसैले नेपालको आफ्नै शो सेफ नेपालको परिकल्पना गरिएको हो’ उनले बताए ।

‘सेफ नेपाल’को पहिलो संस्करण पाक-कलाका सौखिनहरुमाझको प्रतिस्पर्धात्मक शोको रुपमा तय गरिएको छ । जम्मा १८ भागमा प्रशारण हुने यस कार्यक्रमको १३ भाग प्रशारण भइसकेको छ । अनलाईन अडिसन लिएर प्रतिस्पर्धिहरु एकत्रित गरिएको यस कार्यक्रममा १०० प्रतिस्पर्धी छनोट गरी प्रत्यक्ष अडिसनको लागी बोलाइएको थियो ।

प्रत्यक्ष अडिसनमा प्रतिस्पर्धीले ‘सेफ नेपाल’कै स्टुडियोमा खाना बनाइ निणर्ायकत्रय मास्टर सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीलाई आफ्नो स्वाद चखाएका थिए । सो अडिसन राउण्डबाट २४ जना छनोट भइ बिभिन्न प्रतिस्पर्धामा खारो उत्रिदै अहिले उत्कृस्ट १० प्रतिस्पर्धिहरु पाक-कलाको प्रतिस्पर्धामा छन् । नेपाललाई पहिलो फुड रियालिटी शो र पहिलो उत्कृस्ट १० प्रतिस्पर्धी दिँदै नेपाली टिभी मनोरन्जनको विधामा पाक-मनोरन्जन पनि थपेर निर्माता पाण्डेले राम्रो काम गरेका छन् ।

पाक-कलाको बिषयमा थप कुरा गर्दै गरौंला, पाक-पत्रकारिताको पनि महत्वका साथ समाचार लेखौंला तर अहिले भने मनोरन्जन लिने कार्य पहिले गरौँ । धर्मराज पाण्डेको निर्माणमा बनेको धर्म पिक्चर्सको प्रस्तुती नेपालको पहिले फुड रियालिटी टिभी शो ‘सेफ नेपाल’ हेरेर मनोरन्जन लियौँ, हाम्रा पाक-कलाकारहरुको कला नियालौँ, अनि नेपाली खाना, खाना संस्कृतिको देश र विदेशमा प्रचार गरौँ । ‘सेफ नेपाल’को पुराना भागहरु यसैको युट्युव च्यानलामा गएर हेर्न सकिने रहेछ । नयाँ भाग हरेक शुक्रबार राती ९ बजे कान्तिपुर टिभिमा प्रशारण हुने गरेको छ ।

प्रतिक्रिया