प्रकाश सपुत र डिबी खड्काको शब्दमा ‘खुलेर कुरा गरौँ’ सार्वजनिक (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, २२ मंसिर

काठमाडौं । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । देश र समाजका परिघटनालाई कलार्फत प्रस्तुत गर्दै आएका गायक तथा कलाकार प्रकाशको यो नयाँ गीत पनि चेतनामूलक छ । शु्क्रबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको ‘खुलेर कुरा गरौँ’ बोलको यो गीत सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथाबिरूद्ध तयार पारिएको छ ।

पत्रकार डिबी खड्का र गायक प्रकाश सपुतको शब्दरचना रहेको यस गीतमा सुदूरपश्चिमका महिलाले छाउपडी जस्ता सामाजिक कुप्रथाका कारण भोग्दै आएको समस्या र पीडालाई उजागर गरिएको छ । सुदूरपश्चिममा अहिले पनि छाउपढी जस्ता कुप्रथा व्याप्त छ । तर, त्यहाँ महिलाले त्यसविरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । त्यसैलाई लक्षित गर्दै तयार पारिएको यो गीतले भन्छ, ‘महिनावारीको बारेमा खुलेर कुरा गरौँ ।’

प्रकाश सप्ुतकै संगीत रहेको गीतका प्रकाशसँगै तुलसी बोहरा, रेखा जोशी र सुनिता बुढा क्षेत्रीको स्वर दिएका छन् । सुनिल विकको निर्देशन गरेको यस भिडियोको कन्सेप्ट प्रकाशकै रहेको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र प्रकाश स्वंयसेवकका रुपमा देखापरेका छन् । साथै, भिडियोमा सविता अधिकारीले मार्मिक अभिनय गरेकी छन् ।

प्रतिक्रिया