सुन तोलाकै एक लाख २० हजार नाघ्यो
अखबार टुडे
प्रकाशित:
२०८०, १७ मंसिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आइतबार ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जनाएको हो ।

अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । जुन, आज ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।

यस्तै, आइतबार आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया