सम्भवसँग विवाह गर्दै पूर्वमिस नेपाल शृँखला खतिवडा
अखबार टुडे
प्रकाशित:
२०८०, १३ मंसिर

काठमाडौं । पूर्वमिस नेपाल शृँंखला खतिवडा विवाह बन्धनमा बाँधिदैछिन् । खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच यही मंसिर २८ गते विवाह हुने भएको छ ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो ।

श्रृंखलाले आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको भन्दै प्रेम खुलाएकी थिइन् । दुवै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको भन्दै उनले भन्नैपर्ने समय आएकाले सम्बन्ध खुलाउनुपरेको बताएकी थिइन् ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर हुन् । हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर नेपाल फर्किएकी श्रृंखला र सम्भवको रोमान्सको गाइँगुइँ केही समयदेखि नै चलिरहेको थियो । श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् ।

प्रतिक्रिया