रुसी सेनामा आवद्ध तीन जना नेपालीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, १२ मंसिर

काठमाडौं । रुसी सेनामा आवद्ध तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको हो ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको गत कात्तिक २९ गते मृत्यु भएको जनाइएको छ । रुसी सेनाले नेपालीलाई आफ्नो सहयोगीको रुपमा राखेका थिए ।

ई-कान्तिपुरले उल्लेख गरेअनुसार रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिएका छन् । रुस र युक्रेनबीच युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै दुई सय नेपाली रहेको अनुमान गरिँदै आएको छ ।

प्रतिक्रिया