विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पालाको बजेट तथा योजना कटौती गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । आफ्नै समर्थन बनेको मुख्यमन्त्रीको निर्णय मंगलबार बसेको कोशी प्रदेश सभामा एमालले विरोध जनाएको हो ।
आजको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै एमाले र राप्रपाका सासदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखको आसनमा रहेका इस्राइल मन्सुरीले एमाले उपनेता राम रानालाई बोल्न समय दिएका थिए ।
बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा मनपरी गरिएको एमालेको आरोप छ । उपनेता रानाले बजेट सहमतिअनुसार नआएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । उनले भने, ‘यो बजेट फेल भयो भने के हुन्छ भन्ने कुरा यो सरकारले सोचेको छ कि छैन ?’
प्रदेश सरकारले प्रतिस्थापन गर्न ल्याएको विधेयकप्रति एमाले, राप्रपा र कांग्रेसकै सांसदहरूले पनि विरोध जनाएका छन् ।