बनेपा । शब्दयात्रा प्रकाशनले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्य तथा विश्वकीर्तिमानी महिला डा. सरिशा श्रेष्ठको विशेष आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रकाशनले ४ जनालाई विद्वतवृत्ति, ३ जनालाई कदरपत्र र २ जनालाई छात्रवृत्ति समर्पण तथा १ जनालाई सम्मान गरेको थियो ।
कदरपत्र पाउनेमा टेलिभिजन पत्रकारिताका क्षेत्रबाट शंकर अधिकारी, अनलाइन र टेलिभिजन पत्रकारिताबाट सुनिता सापकोटा र फोटो पत्रकारिताका भुवन भोछिभोया रहेका छन् । उनीहरूलाई शब्दयात्रा प्रकाशनका संचालक सदस्य हरि गोपाल प्रधान कदरपत्र समर्पण गरेका थिए ।
यस्तै, विद्वतवृत्ति पाउनेहरुमा कालिका त्रिपाठी पन्त, उद्ववप्रसाद नेपाल, अमृका ताम्राकार र समीर आचार्य रहेका छन् । साथमा, विपासना शाक्य र अनुग्रह प्रजापतिलाई शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति र शब्दयात्रा भूपमुक्ति विकलाङ्ग छात्रवृत्ति समर्पण गरिएको थियो ।
विश्वकीर्तिमान डा. सरिशा श्रेष्ठले सोही कार्यक्रममा कार्यालय सहायक संगीता केसीलाई दोसल्ला ओदाई सम्मान गरेकी थिइन् ।
च्छेश्वर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा शारदाप्रसाद शर्माले उद्घोषण, शिवप्रसाद बन्जाराले स्वागत भाषण तथा प्रदीप केसी र अमृत अधिकारीले प्रमाणपत्र वाचन गरेका थिए ।
कार्यक्रममा हरि गोपाल प्रधान, कृष्णमणि कुइँकेल, मोहनमणि दाहाल, जयनारायण नेपाल, गीता अधिकारी, प्रकाशबहादुर कायस्थ, सिद्धिबहादुर कर्माचार्य, पूर्णबहादुर कार्की, पूर्णबहादुर कर्माचार्य, रामप्रसाद अधिकारी, चन्द्रबहादुर खड्का, संगीता केसी, पुण्यवती घलेलगायतले विभिन्न भूमिका निर्वाह गरेका थिए ।