स्वरुपको ‘तक्दिर’मा यस्तो देखिइन् एलिना (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८०, ९ मंसिर

काठमाडौं । लोकप्रिय गायक स्वरूपराज आचार्यको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ । तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री भीमा लोहार हुन् । गोलो प्रडक्शन नामक युट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतकार लोहारको शब्दमा यसअघि ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’, ’तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका गीत सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया