काठमाडौं । गएरति बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । आगलागीबाट एकजना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।
आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए । उनका अनुसार गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।
स्थानीयवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको अनुन्धान गरिरहेको बताएको छ ।
-तस्बिर सांकेतिक हो ।