ज्योती फिल्मस् म्युजिक अवार्डको पाँचौँ संस्करण दुवईमा हुँदै
अखबार टुडे
प्रकाशित:
२०८०, ८ मंसिर

काठमाडौं । आगामी पुस १ गते दुबईमा हुन गइरहेको पाँचौं ज्योती फिल्मस् म्युजिक अवार्ड–२०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । रोयल मुभिज प्रालिको प्रस्तुतीमा विगत चारबर्षदेखि नेपालमा आयोजना भइरहेको ज्योती फिल्मस् म्युजिक अवार्ड यसबर्षको पाँचौं संस्करणको फिनाले युएईको बरदुबईमा हुन लागेको हो ।

नेपाली सगीतसंगीतको विभिन्न ३३ विधामा हुने अवार्ड यसपटक जाजरकोट र रुकुम भुकम्पपीडितको सहयोगार्थ हुने बताइएको छ । रोयल मुभिज प्रालिको प्रस्तुति र सिन्धुपाल्चोक सेवा समाज यू.ए.ई.को सहकार्यमा दवईस्थित याक एण्ड यति ग्राण्ड एस्टोरिया होटलमा कार्यक्रम आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठले बताएका छन् । उनका अनुसार नेपालबाट करिब तीन दर्जन कलाकार र आयोजक टिम अवार्ड समारोहमा सहभागी हुने बताइएको छ ।

अवार्ड आयोजक समितिमा अध्यक्ष निरेन श्रेष्ठ, कार्यक्रम संयोजक राजेन्द्र पुरी, उपाध्यक्ष रमेश श्रेष्ठ, कोषाध्यक्ष उमादेवी श्रेष्ठ, सचिव अस्मिता धमलालगायत टिममा रहेका छन् ।

प्रतिक्रिया