सरकारले निकास दिएन भने विद्रोह जन्मन सक्ने ओलीको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०८०, ६ मंसिर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल हुन नदिने बताएका छन् । पछिल्लो सयम व्यवस्थाविरोधी गतिविधिहरु बढिरहेको भन्दै एमालेले कुनैपनि प्रतिगमनकारी गतिविधिलाई रोक्ने उनले बताएका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजान चाहनेहरुका लागि अनकूल वातावरण सिर्जना गर्ने काम सरकारले गरिरहेको समेत आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘हामी मुलुकलाई पछाडि फर्कन दिन्नौँ, प्रतिगमनतर्फ जान दिन्नौं । देशलाई प्रतिगमनतर्फ जानतर्फ जानका लागि यो निकम्मा सरकारले अनुकूल वातावरण सिर्जना गरेको छ ।’

उनले थपे, ‘सरकारले कि प्रतिगतमकारी शक्ति हौसिन नदिने गरि काम गर्नुपर्छ, होइन भने सरकार छोड्नुपर्छ ।’ उनले अभियान सकेर फर्केपछि एमाले सरकारविरुद्ध आफ्ना गतिविधीहरु जन बढाउने उनले उद्घोष गरे ।

‘यो अभियान सकेर आएपछि हामी एउटा सही र निष्कर्षका साथ मैदानमा उत्रन्छौं र देशलाई बाटो दिन्छौं’ अध्यक्ष ओलीले भने’, ‘यदी हामीले देशलाई निकास दिने बाटो दिन सकेनौँ भने त्यो जनअसन्तुष्टीलाई सम्बोधन गर्ने शक्तिको अभाव हुनेछ ।’ उनले सरकारले कुनै निकास दिएन भने विद्रोह जन्मिने चेतावनी दिए । उनले भने, ‘अगाडि बढ्ने बाटो बन्द भयो भने जनता सडकमा आउँछन् ।’ एमालेले मध्यपहाडी लोकमार्गमा अभियान सुरु गर्दैछ ।

प्रतिक्रिया