जब राजेशपायलले अमेरिकाको बाल्टिमोरमा धुम मच्चाए
अखबार टुडे
प्रकाशित:
२०८०, ५ मंसिर

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा मेगास्टार अर्थात राई इज किङ राजेशपायल राई यतिखेर अमेरिकामा छन् । उनलाई त्यहाँ सांगीतिक प्रस्तुती दिन भ्याइनभ्याई छन् ।

पछिल्लो अमेरिकाको सांगीतिक यात्रामा क्रममा झण्डै डेढ दर्जन कार्यक्रम गरिसकेका छन् । यसैक्रममा मेरिल्याण्डको बाल्टिमोरमा सांगीतिक धमाका मच्चाएका छन् । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका राजेशपायल राईले यसपटकको अमेरिकाको सांगीतिक यात्राको बाल्टिमोरमा बिट मारेका हुन् ।

बाल्टिमोरको आफ्नो प्रस्तुतीमा राजेशपायलले धुम मच्चाएका छन् । राजेशपायलले आफ्ना लोकप्रिय गीतमार्फत के बृद्धा, के युवा सबै उमेरसमूहलाई जुरुक्कै उचालेका छन् । नेपालमा समेत सबैभन्दा बढी फ्यान फ्लोअर भएका राजेशपायलसँगै गाउँदै नाच्दै उफ्रिएका दर्शकलाई देख्दा लाग्थ्यो, राजेशपायलको प्रसंशक अमेरिकामा पनि उस्तै रहेछन् ।

राजेशपायलको प्रस्तुती हेर्न सुन्न झुमिएका दर्शकको भीड लाग्दा आयोजकसेमत दंग भएको थियो । कार्यक्रममा भव्य र सभ्य भएको कार्यक्रम संयोजक प्रकाश घलेले बताए । उनका अनुसार यतिको दर्शकको भीड अन्य कलाकारको प्रस्तुतीमा देख्न पाइँदैनथ्यो । उनले अमेरिकामा राजेशपायलको बेग्लै क्रेज रहेको बताए ।

झण्डै तीन घण्टा लगातार प्रस्तुती दिएर दर्शक झुमाएका राजेशपायलले भने, ‘यस पटकको अमेरिका यात्रा मेरो लागि विशेष भएको छ । कार्यक्रमहरु सफल भएको छ । तर, भ्वाइसमा सहभागी यस पटकको अमेरिका भ्रमण छोट्याएर नेपाल आउँदैछु ।’ संसारका अधिकांश देशमा कार्यक्रम गरिसकेका राजेशपायलको यो अमेरिका यात्रा १४औँ हो ।

नेपाल आउनेवित्तकै राजेशपायल भ्वाइस अफ नेपालको जारी सिजनको सुटिङमा व्यस्त हुनेछन् भने त्यसबाहेक अमेरिका जानुअघि गर्न नभ्याएका कार्यक्रमहरुमा व्यस्त हुनेछन् । राजेशपायल राई लिएर कार्यक्रम गर्ने भन्दै एक दर्जन आयोजक उनको पर्खाइमा रहेको बताइएको छ । राजेशपायल राई विदेशमा मात्र नभएर नेपालमा पनि सबैभन्दा बढी डिमाण्डेड गायक हुन् ।

प्रतिक्रिया