काठमाडौं । अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भारतको अहमदावादमा भएको खेलमा भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो । आइतबार भएको १३औँ संस्करणको फाइनलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्यो । अस्ट्रेलियाले छैठौंपटक एक दिवसीय विश्वकप जितेको हो ।
अन्य कुनैपनि टोलीले दुईपटक भन्दा बढी यो प्रतियोगिता जित्न सकेका छैनन् । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेडले १३७ रन बनाए । मार्कस लाबुसचाग्नीले पनि अविजित ५८ रन जोडे। यी दुईबीच १९५ रनको साझेदारी भयो ।
त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका छन् । भारत तेस्रोपटक र अस्ट्रेलिया छैटौँपटक विश्वकप जित्ने प्रयाशमा रहेको छ ।
अस्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन जोड्यो ।
भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए । हरेक चार वर्षमा आयोजना हुने एकदिवशीय विश्वकप अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।