अमेरिकामा छाइरहेका राजेशपायल द भ्वाइसका लागि नेपाल फकँदै
अखबार टुडे
प्रकाशित:
२०८०, १ मंसिर

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एकमात्र मेगास्टार राजेशपायल राई एक महिनादेखि अमेरिकामा छाइरहेका छन् । दसैँअघि नै अमेरिका पुगेका उनी हिजोआज पनि भ्याइनभ्याई छन् । यस पटकको अमेरिकाको सांगीतिक भ्रमणमा उनले एक दर्जनभन्दा बढी कार्यक्रम गर्न भ्याइसकेका छन् ।

‘राई इज किङ’का रुपमा लोकप्रिय गायक राजेशपायलले भने, ‘दशैँ र तिहारको बिचमा एक दर्जन कार्यक्रम गरेँ । अझैपनि कार्यक्रमका लागि डिमाण्ड आइरहेको छ ।’ राजेशपायलको यो अमेरिका यात्रा १४औँ पटक हो । लोकप्रिय सांगीतिक टिभी रियालिटी शो ‘द भ्याइस अफ नेपाल’को कोचसमेत रहेका राजेशपायलले यसपटक अमेरिकाको विभिन्न राज्य र सहरमा आफ्नो प्रस्तुतीमार्फत धमाका मच्चाए ।

यसैक्रममा मेगास्टार राजेशपायलले अमेरिकाको कोलम्बसमा सांगीतिक धमाका मच्चाएका छन् । ‘राजेश पायल राई लाइभ कन्सर्ट’ नाम दिइएको विशेष सांगीतिक कार्यक्रममा उनले लगातार तीन घण्टासम्म धमकेदार प्रस्तुती दिएर दर्शक जुरुक्क उचालेका थिए ।

कार्यक्रममा ‘मैले मायाले दिएको चिनो’, ‘दर्शन नमस्ते’, ‘नाइ नभन्नु ल’, ‘मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन’, ‘मरुभूमि जस्तै छ यो जिन्दगी’, ‘यानी माया’, ‘दिक्तेल बजार’जस्ता आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।
कोलम्बसमा प्लाटिनमले आयोजना गरेको कार्यक्रममा प्रस्तुती दिइसकेपछि उनले भने, ‘यो कार्यक्रममा मेरो लागि पनि विशेष बनेको छ ।’ उनले त्यसका लागि आयोजकलाई विशेष धन्यवादसमेत दिए ।

आयोजक प्लाटिनमका राजा प्रधानका अनुसार कार्यक्रममा अनुमान गरिएभन्दा तीनगुणा बढी दर्शक उपस्थित भएका थिए । प्रधानले भने, ‘राजेशपायल राईको सांगीतिक धमाकाले कोलम्बस नै हल्लियो ।’

यसपटक अमेरिकाको कोलोराडो, कोलम्बस, बाल्टिमोर लगायतका राज्य एवं शहरमा गर्न भ्याएका मेगास्टार राजेशपायलले भने, ‘कार्यक्रमका लागि डिमाण्ड आइरहेको छ, तर, उहाँहरुको डिमाण्डलाई थाँती राखेर द भ्वाइसका लागि नेपाल फर्कँदै छु ।’

सांगीतिक कार्यक्रमका लागि राजेशपायल राई नेपालमा पनि उत्तिकै व्यस्त गायक हुन् । साथै, संसारका अधिकांश मुलुकमा आफ्नो सांगीतिक कार्यक्रम दिइसकेका राजेशपायलबारे हिजोआज एउटा भनाइ नै छ, ‘जहाँ नेपाली त्यहाँ राजेशपायल राई ।’

१२ महिनाका नौ महिना विदेशमा व्यस्त रहँदै आएका राजेशपायलले नेपालमा पनि उत्तिकै कार्यक्रम गर्न भ्याइरहेका छन् । मन, बचन र कामले परिपक्व भएकाले पनि उनको डिमाण्ड अहिले पनि बढेको बढ्या छ । यसपटक दशैँ र तिहार अमेरिकामै मनाएका राजेशपायलले कोलम्बसमा राशी प्रधान कोलम्बसस्थित राशी प्रधान र बाल्टिमोरमा दीपा राईको हातबाट भाइटिका लगाएका थिए । उनी यसै साता द भ्वाइसका लागि नेपाल फर्कँदैछन् । उनी यसै साता द भ्वाइसका लागि नेपाल फर्कँदैछन् ।

प्रतिक्रिया