
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले नेपाल संवतलाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । मेयर शाहले मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै उनले देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । मेयर शाहले नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने पनि बताए । आगामी वर्षसम्म राष्ट्रिय रुपमै प्रयोग हुने पनि उनले विश्वास व्यक्त गरे ।
‘नेपाल संवतलाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ’ उनले भने, ‘प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’
मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताए ।
