तीन महिना भित्रियो ३ खर्ब ६५ अर्ब रेमिट्यान्स
अखबार टुडे
प्रकाशित:
२०८०, २४ कार्तिक

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स ३० प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने यो साउन, भदौ र असोजमा २ अर्ब ७६ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा २५.९ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ कायम भएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९ हजार २९७ कायम भएको छ ।

प्रतिक्रिया