‘मिसेस नेपाल वल्र्ड-२०२३’को उपाधि इटहरीकी पृथ्वीयालाई
अखबार टुडे
प्रकाशित:
२०८०, २४ कार्तिक

काठमाडौं । बिवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगितामा ‘मिसेस नेपाल वल्र्ड–२०२३’को उपाधि इटहरीकी पृथ्वीया थापाले जितेकी छन् ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा लेखा परिक्षक रहेकी थापाले मूख्य उपाधिसहित मस्ट ट्यालेन्टेडको उपउपाधि पनि पाएकी छन् । उनले उपाधिसँगै आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गर्नेछिन् भने स्कुटर पनि प्राप्त गरेकी छन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितमा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल चुनिएकी छन् । एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपउपाधि विजेतासमेत भएकी उनले सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सीता सुबेदी एमएस नेपाल इन्टरनेशनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाईस अवार्ड विजेता बनेकी छन् । उनले एमएस नेपाल इन्टरनेसनल भएवापत सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएकी छन् । विजेताहरुलाई मिसेस वल्र्ड २०२२ सरगम कौशलले ताज पहिराइदिएकी थिइन् ।

प्रतियोगितामा सौन्दर्य प्रतियोगिता संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीका एआईजीपी डा. आशा सिंह, मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल, अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक थिए ।

प्रतिक्रिया