हनी सिंह र सालिनीले किन गरे सम्बन्धविच्छेद ?
अखबार टुडे
प्रकाशित:
२०८०, २२ कार्तिक

काठमाडौं । भारतीय ¥यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । हनीले बिहे गरेको १२ वर्षपछि श्रीमती सालिनी तलवारसँग सम्बन्धविच्छेद गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको पारिवारिक अदालतले उनीहरूलाई सम्बन्ध विच्छेदलाई अनुमति दिएको हो । साढे २ वर्षदेखि उनीहरूको सम्बन्धविच्छेद मुद्दा अदालतमा चलिरहेको थियो ।

सालिनीले हनीविरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन् । भारतीय मिडियाका अनुसार उनले हनी सिंह र उनको परिवारबाट पटक–पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन् ।

उनका अनुसार आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेको ठानेर रिसमा हनी सिंहले निर्दयी ढंगले पिटेका थिए । हनी बाहिर अन्य महिलासँग पनि सम्बन्धमा रहेको र ‘ब्राउन रङ दे गीत’को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको सालिनीले दाबी गरेकी थिइन् । यसैविरुद्ध उनले १० करोड भारू क्षतिपूर्तिको माग गरेकी थिइन् ।

केही समयपछि दुवै पक्षबीच सहमति भएपछि सालिनीले मुद्दा फिर्ता लिएकी थिइन् । अदालतले हनीलाई सालिनीसँग आफ्नो वैवाहिक सम्बन्धलाई अर्काे अवसर दिन चाहन्छौं भनेर सोध्दा हनीले सालिनीसँग बस्नु कुनै औचित्य नभएको बताएका थिए ।

हनी र सालिनीले सन् २०११ मा विवाह गरेका थिए । तर, सन् २०१४ मा आएर मात्र हनी सिंह वैवाहिक पुरुष हुन् भन्ने खुलासा भएको थियो । उनले आफ्नो गायन करिअरमा बाधा नआओस् भन्ने उद्देश्यका साथ वैवाहिक सम्बन्धबारे बोलेका थिएनन् ।

प्रतिक्रिया