कात्तिक २१ गते : यस्तो छ आजको मौसम
प्रकाशित:
२०८०, २१ कार्तिक

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार (आज) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
तर, पहाडी भूभागका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, बुधबार पनि एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
