कप्तान रोहितले भने- भाग्यमानी र गर्व लागिरहेको छ
अखबार टुडे
प्रकाशित:
२०८०, १७ कार्तिक

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् ।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै कप्तान पौडेलले सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता आफुहरु भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् ।

नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए । विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो ।

प्रधानमन्त्रीद्वारा बधाई
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।

उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया