राजेशपायल राईलाई अमेरिकामा भ्याइनभ्याई
अखबार टुडे
प्रकाशित:
२०८०, १५ कार्तिक

काठमाडौं । नेपाली गायन क्षेत्रका एक मात्र मेगास्टार राजेशपायल राई यतिखेर अमेरिकामा छन् । उनी अमेरिकाको विभिन्न राज्य एवं सहरहरुमा सांगीतिक प्रस्तुती दिन भ्याइनभ्याई छन् ।

‘द भ्वाइस अफ नेपाल’का कोचसमेत रहेका राजेशपालय अर्थात राई इज किङ दशैँ तिहारको कार्यक्रमका लागि अमेरिका गएका हुन् । पानी पधेँरो धाएजस्तो विदेश कार्यक्रमका लागि ओहोरदोहोर गरिरहेका राजेशपायलले यसपटक अमेरिकामा आधा दर्जनभन्दा बढी कार्यक्रम गरेर फर्कँदैछन् ।

राजेशपायलले यसपटक बाल्टिमोर, कोलोराडोलगायत अमेरिकाका राज्य एवं सहरमा विभिन्न मितिमा आफ्नो सांगीतिक प्रस्तुती पस्कँदैछन् । राजेशपायलले यस पटकको अमेरिका बसाइको अन्तिमतिर नोभेम्बर ११ मा बाल्टिमोरमा र १८ तारिखमा अर्को एक कार्यक्रम भ्याएर उनी नेपाल फर्कँने कार्यक्रम रहेको छ । उनी अमरिका जानुअघि पुर्वको विभिन्न स्थानमा कार्यक्रम गरेका थिए । नेपालमा व्यस्त रहेकै बेला उनी अमेरिकाको कार्यक्रम भ्याउन गएका हुन् ।

नेपालमा समेत अति व्यस्त गायक राजेशपायल राई अगाडि नै अमेरिका गएका हुन् । यस पटकको करिब एक महिना अमेरिका बसाइक्रममा राजेशपालयले हलिउड एक्शन हिरो बु्रसलीको समाधि स्थलमा पुगेर तस्बिरसमेत खिच्न भ्याएका छन् । सामाजिक सञ्जालमा कमैमात्र तस्बिर र स्टाटस पोष्ट गर्ने राजेशपायलको बु्रसलीको समाधि स्थलको तस्बिर भने भाइरल बनेको छ ।

प्रतिक्रिया