वर्षा सिवोकोटीलाई मिल्यो राहत
अखबार टुडे
प्रकाशित:
२०८०, १५ कार्तिक

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म ‘नाई नभन्नु ल २’ र ‘पशुपति प्रसाद’बाहेक उनले अभिनय गरेका अधिकांश फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको हो ।

आफुले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १÷२ वटा फिल्ममा काम गरिरहेकी छन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएन् ।

वर्षाले अभिनय गरेको फिल्म ‘परदेशी २’ यो बर्ष सुपरहिट भएको छ । नारायण रायमाझि निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि खुबै तारिफ भैरहेको छ । उनले फिल्ममा निवार्ह गरेको लुजाको भुमिका दर्शकले निकै रुचाएका छन् ।

दशैंको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ । अबका दिनमा आफुले टिम र ब्यानर हेरेर काम गर्ने तयारी गरेकाले हरेक वर्ष उनलाई कुनै न कुनै सिनेमाले बक्स अफिस सफलतासँगै खुशी दिइरहेन विश्वास छ ।

आउँदो बर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ ।

कलाकारको हरेक बर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।

समीक्षकले समेत फिल्ममा अभिनयको कुरा गर्दा वर्षा र डेव्यु अभिनेता प्रकास सपुतको बढी तारिफ गरेका छन् । फिल्मकी अर्की अभिनेत्री केकीले पनि फिल्ममा संझनलायक काम गरेकी छिन् । तर, फिल्मको प्रचारमा केही छायांमा परेकी वर्षा फिल्म रिलिजपश्चात दर्शक तथा मिडियाको केन्द्रमा परेकी छन् ।

प्रतिक्रिया