अन्नपूर्ण बेसक्याम्पमा महासचिव एन्टोनियो गुटेरेस
अखबार टुडे
प्रकाशित:
२०८०, १४ कार्तिक

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी मंगलबार बिहान आज एविसी गएका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत उनी एविसी अवतरण गरेका छन् । उनी पौने घण्टा एविसीमै रहनेछन् । उनको स्वागतका लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको छ भने स्थानीय झाँकीसहित स्वागत गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए ।

त्यहाँ पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराइरहेका छन् भने वडाध्यक्ष गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया