चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
अखबार टुडे
प्रकाशित:
२०८०, १० कार्तिक

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको सांघाईमा निधन भएको छ । समाचारमा बताइएअनुसार चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको आज शुक्रबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

पछिल्ला दिनमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समयअनुसार गए ाति १२ः१० मा उनलाई मृत घोषणा गरिएको चिनियाँ समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

उनको ६८ वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया