चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
प्रकाशित:
२०८०, १० कार्तिक

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको सांघाईमा निधन भएको छ । समाचारमा बताइएअनुसार चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको आज शुक्रबार बिहान हृदयाघातका कारण निधन भएको हो ।
पछिल्ला दिनमा सांघाईमा आराम गरिरहेका लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समयअनुसार गए ाति १२ः१० मा उनलाई मृत घोषणा गरिएको चिनियाँ समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
उनको ६८ वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
