मलाइकाको एकदिनको पारिश्रमिक भारु ३० लाख
अखबार टुडे
प्रकाशित:
२०८०, ८ कार्तिक

काठमाडौं । भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण चाँडै सुरु हुँदैछ । यो आउने शोको ११औँ सिजन हो । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसपटक अरशद वारसी पनि देखिँदैछन् ।

यो शोमा सबैभन्दा धेरै पारिश्रमिक अभिनेत्री मलाइकाले लिन्छिन् । उनले एक एपिसोडका लागि करिब १५ लाख भारु लिइरहेको बताइन्छ । एक दिन सुटका लागि भने उनको पारिश्रमिक करिब ३० लाख भारु छ । शो करिब ३ महिनासम्म टेलिकाष्ट गर्ने सुरमा निर्माता छन् अर्थात् यो शो पूरै जज गर्दा मलाइकाले ३ करोड ६० लाख भारु पाउनेछिन् ।

अरशद वारसीले भने प्रति एपिसोड ८ लाख भारु लिने बताइएको छ । फराह खानले प्रति एपिसोड ५ लाख भारु फिस लिइरहेकी छिन् ।

प्रतिक्रिया