एउटा यस्तो भिडियो, ‘आए म त’
अखबार टुडे
प्रकाशित:
२०८०, ५ कार्तिक

काठमाडौं । दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलोपटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् ।

काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको निर्देशक भट्टले जानकारी दिए ।

धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यतालाइ एउटा दरिलो श्रब्य दृश्य मार्फत प्रस्तुत गरेको छ । दुई युवा सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत समग्र नेपालको पर्यटनकोक्षेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने देखिन्छ ।

संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर ,ट्रेकिंङ एबम ट्राभलिङ सम्बन्धीको फिल्म एवं कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

म्युजिक नेपालको युट्युब च्यानल र अफिसियल मोबाइल एप्स मोमो एप मार्फत एकैसाथ सार्वजनिक ‘आए म त’भिडियोलाई समग्र दार्चुला जिल्ला र अपी गाउँपालिकाले समेत आफ्नो क्षेत्रको प्रचारप्रसार माध्यम बनाउन सक्छन् । राजु भट्टको आफ्नै शब्द, संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त’ गीतमा राजु र ममता गुरुङको स्वर छ ।

प्रतिक्रिया