धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प
अखबार टुडे
प्रकाशित:
२०८०, ५ कार्तिक

काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६-१ म्याग्निच्युडको भूकम्प गएको हो ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका हुन् । भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

प्रतिक्रिया