हङकङमाथि नेपालको ६ विकेटको जित
अखबार टुडे
प्रकाशित:
२०८०, २ कार्तिक

काठमाण्डौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ३ विकेट लिए ।

यसअघि हिजो बुधवार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । अब नेपालले पर्सि शनिवार फेरि हङकङसँग र आउँदो सोमवार फेरि यूएईसँग खेल्नेछ । प्रतियोगिताका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया