त्रिदेशीय टी-२० शृङ्खलामा नेपालको विजयी शुरुवात, यूएई ७ विकेटले पराजित
अखबार टुडे
प्रकाशित:
२०८०, १ कार्तिक

काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आज बुधवारबाट सुरु भएको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएर विजयी शरुवात गरेको हो ।

यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १/१ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १/१ विकेट लिए । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया