कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ८६ र विपक्षमा ५ मत
अखबार टुडे
प्रकाशित:
२०८०, १ कार्तिक

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका हुन् ।

कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका हुन् । मतदानमा ९१ जना सहभागी थिए ।

कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका हो । कार्की आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । उनी २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया