मध्यावधि रोक्न कोशीमा कांग्रेस विद्रोहीलाई समर्थन गर्‍यौं : ओली
अखबार टुडे
प्रकाशित:
२०८०, २८ आश्विन

बिजुवार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न कांग्रेस विद्रोहीलाई समर्थन गरेको बताएका छन् । बिजुवारमा एमाले प्युठानद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

मध्यावधिमा जाँदा देशले ठुलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले त्यस्तो कदम चालेको उनको भनाइ थियो । उनले भने, ‘कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्था थियो । हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठुलो खर्च हुन्छ । त्यसबाट जोगाउन यो समर्थन गरेका हौँ ।’

ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदले विद्रोह गरेको उल्लेख गरे । कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछिलागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर विद्रोह भएको भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उनको भनाइ छ ।

प्रतिक्रिया