कोशीमा मन्त्रिपरिषद् गठन, शम्शेर र रामबहादुर बने मन्त्री
अखबार टुडे
प्रकाशित:
२०८०, २८ आश्विन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट आइतबार दिउँसो सपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।

आफ्नो शपथपछि मुख्यमन्त्री कार्कीले दुई मन्त्रीलाई पनि शपथ गराएका थिए । पहिलो चरण्मा कांग्रेसबाट शमशेर राई र एमालेबाट राम बहादुर रानालाई मन्त्री बनाइएको छ ।

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मन्त्री बन्न सफल भएका हुन् ।

प्रतिक्रिया